काठमाडाैँ – जब विश्वमा काेराेना भाईरसकाे संक्रमण शुरु भयाे, त्यसबेला तत्कालिन अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेराेनालाइ “चिनियाँ भाईरस” भन्दै चीन प्रति आक्राेश पाेख्ने गरेका थिए । उनीमात्र नभएर अमेरिका, क्यानडा लगाएत पश्चिमा देशका नेताहरुले चीनले नियतवशनै भाइरसकाे आविष्कार गरेकाे आराेप लगाउँदै चीनप्रति खुबै निशाना साँध्ने गरेका थिए ।

सायद पश्चिमाहरुकाे त्यही तीखाे वचनलाई जवाफ दिँदै हाेला चिनियाँ सञ्चारमाध्यमले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको विषयमा रोचक प्रसंग बाहिर ल्याएका छन् । चीनको राजधानी बेइजिङमा देखिएको ओमिक्रोन भेरिएन्ट क्यानाडाबाट पठाइएको हुलाकी पत्रबाट प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चारमाध्यमहरुले अनुमान गरेका हुन् ।

गत शनिबार बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउण्ड र कार्यक्षेत्र सिल गरिएको छ । बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीका दिन क्यानाडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छन् । क्यानाडाबाट संक्रमित पुरुषले पठाएको ‘पोस्ट’ बाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आशंका गरेका छन् । क्यानाडाबाट आएको मेल सम्पर्कमा रहेका सबै कर्मचारीलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुमध्ये आठ जनाको परीक्षण नेगेटिभ आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय