काठमाडाैँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका पराजित उम्मेदवार डा शेखर कोइरालाको केन्द्रीय समितिको बैठकमा २० औं वरियाता २० औं नम्बरमा राखिएको छ । डा शेखरलाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको वरियातामा राख्नुपर्ने आवाज उठेपनि त्यसकाे टुङ्गाे लाग्ने सम्भावना कम छ ।

तर डा शेखरलाई तेस्रो वरियातामा राख्न कांग्रेसका धेरै नेताहरुले अस्वीकार गरेको स्रोतले जनाएको छ । डा शेखरलाई पदाधिकारी भन्दा माथिल्लो वरियातामा राख्न उपसभापति पुर्णबहादुर खड्काले आपत्ती जनाएको बताइएको छ । त्यसैगरि केन्द्रीय सदस्य बनेका पूर्वपदाधिकारीहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतका नेताहरुले पनि डा शेखरलाई तेस्रो वरियाता मात्र होइन पदाधिवकारी भन्दा अगाडिको वरियाता दिन अस्वीकार गरेको वालुवाटार निकट उच्च स्रोतको दाबि रहेको छ ।

सभापति देउवाले बर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई डा शेखरको वरियाताका बारेमा छलफल गरेको स्रोतको दाबि छ । विगतमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित भएपछि शेरबहादुर देउवालाई तेस्रो वरियातामा राखेका थिए । त्यो बेलामा दोश्रो वरियातामा संस्थापक नेता कृष्ण प्रसाद भट्टराई थिए । त्यसैगरि सुशील कोइरालाले पनि शेरबहादुर देउवालाई आफुपछिको वरियातामा राखेका थिए । १३ औं महाधिवेशनपछि शेरबहादुर देउवाले सभापतिमा पराजीत रामचन्द्र पौडेललाई आफुपछिको दोश्रो वरियातामा राखेका थिए ।

तर, विगतमा सभपातिमा पराजीत सवै नेताहरु पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र सभापतिपछि सिनियर नेताहरु भएकाले दोश्रो वरियातामा राख्न सहज भएको तर डा शेखर एकै पटक केन्द्रीय सदस्यबाट सभापतिको प्रत्यासी बनेकाले उनको वरियाताका बारेमा देउवाले उपसभापति खड्का, पूर्वउपसभापति श्रेष्ठ, पूर्वमहामन्त्री सिंह र सिटौलासंग छलफल गरेको वालुवाटार निकट स्रोतको दाबि छ । उनीहरुले देउवा भन्दा अघिल्लो महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासंग प्रतिष्पर्धामा रहेका चिरिन्जीवी वाग्लेलाई कोइरालाले कुनै वरियाता नदिएको समेत नेतहरुले दाबि गरेका थिए ।

डा शेखरको वरियाताका विषयमा उपसभापति खड्का, पूर्वउपसभापति श्रेष्ठ, पूर्वमहामन्त्री सिंह र सिटौलाले डा शेखरलाई वरियातामा आफुहरुको भन्दा अगाडि राखे मान्य नहुने चेतावनी दिएको स्रोतले बतायो । यी नेताहरुको चेतावनीपछि सभापति देउवा हच्किएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय