

एजेन्सी – जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।
टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने “स्वच्छ झिल्ली” मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्।
मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।
बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal