

लिस्वन – पोर्तुगलको राजधानी लिस्वनमा राँगाको मासु (वफ) बाट बनेका विभिन्न परिकारहरु पाइने एउटा रेष्टुरेन्ट संचालनमा आएको छ । लिस्वनको आरोइस नजिकै (Rua de Ponta Delgada, 35, Lisboa) मा संचालमा आएको रेष्टुरेन्टमा विशेष गरी राँगाको मासु (वफ) बाट बनेका विभिन्न परिकारहरु ‘मेनु’मा उपलब्ध गराइन थालेको रेष्टुरेन्टका संचालक विमल गौतमले जानकारी दिए ।
नेपालमा, विशेष गरी काठमाडौँ उपत्यका र आसपासका ठाउँहरुमा राँगाको मासुबाट बनेका विभिन्न परिकारहरु जस्तै, वफ छोयला, सुकुटी, सेकुवा, वफ मोमोहरु सहितको नेवारी खाजा निकैनै लोकप्रिय हुनुकै साथै स्वादिष्ट पनि मानिन्छ । त्यही खाजा र स्वादको वानी परेका पार्तुगलबासी नेपालीहरुलाई लक्षित गरी राँगाको मासुबाट बन्ने विभिन्न लोकप्रिय परिकारहरु सहित घुम्ती रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक गौतमले बताए ।
लिस्वन र आसपासका क्षेत्रहरुमा प्रयाप्त मात्रामा नेपाली रेष्टुरेन्टहरु संचालनमा आएपनि विषेश प्रकारका “वफ आइटम”हरु नेपालीहरुले “मिस” गरिरहेको अवस्थामा, त्यसैलाई मध्यजनर गर्दै राँगाको मासु (वफ) बाट बन्ने परिकारहरुबाट सेवा गर्ने उद्देश्य रहेको संचालक गौतम बताउँछन् ।
करिब ४ महिना अघिदेखि संचालनमा रहेको रेष्टुरेन्टमा नेपाली देखि यहाँको स्थानीयहरुले पनि राँगाको मासुबाट बनेका सेकुवा, छोयला, सुकुटी बफ मोमो लगाएतका परिकार निकैनै मनपाराइरहेको संचालक गौतमको अनुभव छ ।
राँगाको मासुबाट बनेका परिकारहरु (वफ आइटम) नेपालको काठमाडौं लगायतका देशका मुख्य शहरहरूमा अहिले निकैनै लोकप्रिय परिकारको रुपमा लिइन्छ । धेरैको जिब्रोमा गडेको यो नेपाली नेवारी परिकार हो। नेपालमा वफको स्वादमा डुब्ने धेरै छन् । विशेषगरी राँगाको मासुबाट बनाइने छोएला धेरैको जिब्रोमा गडेको छ ।
अहिले राँगाको मासुको छोएलाभन्दा नै धेरैको मुख रसाएर आउँछ । राँगाको मासु नखाने धेरैले पनि छोएला खाएरै राँगाको मासु खान थालेका हुन् पनि भनिन्छ ।
यस्तै प्रकारको शुद्ध नेपाली स्वाद दिने नेवारी परिकार घुम्ती रेष्टुरेन्टमा पाइने गरेको त्यँहाका नियमित नेपाली ग्रहाकहरुको ठम्याइ छ । त्यही शुद्ध नेवारी स्वादको झल्को मेटाउन पनि आफु नियमित रुपमा यहाँ आउने गरेको बताउँछन्, काठमाडौँका निर्देश दीक्षित ।
पिरो, तोरीको तेलको बास्ना, डढेको हल्का मासुको भाग, लसुन र अदुवाको स्वाद। आहा ! कस्तो स्वादिष्ट। त्यसैले छोएला खाएर सन्तुष्ट भएका भन्छन् – ‘दिस इज डिलिसियस्।’
त्यस्तै घुम्तीमा पाइने अरु लोकप्रिय परिकारहरु हो, वफ सुकुटी, सेकुवा, वफ चाउमिन र वफ मोमो । नेपालीहरुको खजामा अनिवार्य जस्तै बनेको यी परिकारहरु विदेशीएका नेपालीहरुले एकदमै ‘मिस’ गर्ने परिकारमा पर्छ । यही कुरालाइ ध्यानमा राख्दै नेपालीहरुलाई परम्परागत स्वादमा यी परिकारहरु खुवाउन आफुहरु लागि परेको संचालक गौतम बताउँछन् ।
रेष्टुरेन्टको एक छेउमा बसेर वफ चिल्ली खाइरहेका एक फ्रेन्च नागरिक गास्तोनले आफुले निकैनै फरक खालको चिल्लीको स्वाद लिएको बताए । उनले आफु जहिले पनि फरक खालको खानाको स्वाद लिने रुचि भएकोले ‘ट्राइ’ गरेको र खाँदै जाँदा निकैनै स्वादिष्ट लागेको समेत बताए । वफका परिकारहरु युरोपतिर त्यती सहजै उपलब्ध नहुने भएकोले आफुलाई नौलो लागेर यो परिकारको स्वाद लिएको उनको भनाइ थियो ।
त्यस्तै वफ थाली सेट पनि घुम्तीमा पाइने अर्को स्वादिष्ट खानाको परिकार हो । काठमाडौँको नेवारी संस्कृतिमा हुर्केका र आफ्नो दैनिक भोजनमा प्रयोग हुँदै आएको वफ थाली सेट यहाँ “मिस” गर्नेहरुका लागि एउटा उपयुक्त गन्तव्य हुनसक्छ घुम्ती ।
त्यस्तै घुम्तीमा वफ आइटमका अलवा अन्य विभिन्न नेपाली, इन्डियन तथा पोर्तुगिज परिकारहरुको पनि स्वाद चाख्न पाईन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal