नेपाली चलचित्र वृतको सरकारी संस्था चलचित्र विकास बोर्डको अध्यक्षको सिट खाली भएर दस जना नेपाली चलचित्र क्षेत्रका ब्यतित्वहरुले आवेदन फारम बुझाए संगै राजनीतिक नियुक्ति समेत भएकोले सबैजना आ-आफ्नो हिसाबले दौडधुपमा व्यस्त छन्। सम्भवत अर्को सातासम्म चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भैसकेको हुनेछ।
चलचित्र विकास बोर्डको भावी अध्यक्षको रुपमा सबैभन्दा प्रवल दावेदारको रुपमा चर्चित नायक भुवन केसीको अहिले व्यापक चर्चा छ। केशी समय अघि मात्र बरिष्ट कलाकार निर शाहको पहलमा उनि नेपाली कांग्रेश प्रवेश गरेका थिए। उनको पार्टी प्रवेशलाई त्यसबेला नै विकास बोर्डको नियुक्ति सँग जोडिएको थियो। जुन कुरा अहिले आएर सत्य साबित भैसकेको छ उनको विकास बोर्डको अध्यक्षको लागि आवेदन दिए संगै।
यस अघि पनि चलचित्र विकास बोर्डको अध्यक्षको पदको लागि एमाले प्रवेश गरेका केसी अहिले आएर कांग्रेश प्रवेश गर्नु र अहिलेको उनको भित्रि दौडधुप्ले प्रस्ट हुन्छ। उनि अहिले प्रधानमन्त्री देखि उनको आसपासका सम्पूर्ण व्यक्तिहरुको सम्पर्कमा दिनरात हुन्छन।
भुवन केसीले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका पनि छन् । सम्झना, मायालु ,कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति,सुपरस्टार उनका सफल फिल्मका सूची हुन्, जहाँ उनले उल्लेखनीय अभिनय गरेका छन् र गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित समेत गरेका छन् । तर आफ्नो स्टारडमको युगमा होस या आफ्नो छोरा अनमोलको स्टारडमको युगमाहोस् उनि जहिले विवाद र बिभिन्न काण्डमा फसिरहने व्यक्तित्व हुन् भन्ने कुरामा कुनै दुई मत नहोला। भुवनका सार्वजनिक केहि किस्साहरु यहाँ प्रस्तुत छ स्

२ बर्ष अघि क्यानाडाबाट सामाजिक सञ्जालको स्कृनशट शेयर गर्दै श्रीमति ९नाम गोप्य राखिएको ० रेग्मीले भुवनको विरुद्ध मि टु अभियान चलाईन्। फेसबुक भिडियो मै आफैले बोलेर केसीको बदनियत र दुर्व्यवहार बारे खुलेरै अघि आईन् ती रेग्मी थरकी महिला।अहिलेपनि त्यो भिडियो डिजिटल प्लेटफर्ममा हेर्न सकिन्छ। उनले आफ्नो भिडियो र भुवनसंग भएको मेसेन्जर वार्ता त्यतिखेर सार्वजनिक गरिन् जतिबेला भुवनलाई उनैले आफ्नो छोराको लागि निर्माण गरेको पहिलो चलचित्रकी शाह थरकी नायिकाले “ह्यारासमेन्ट”को अभियोग खुलेआम लगाएकी थिइन्। यस्मा भुवनलाई कारवाहीको दायरामा ल्याउन थप बल पुगोस् भनी रेग्मीले क्यानाडाबाट आफु खुलेको अनुमान गर्न सकिन्छ। शुरुमा छद्म रुपमा अन्तर्वार्ता मा नायिका शाहले कुरा चुहाएको भएपनि चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा पछि सारेझैंं भुवनले सामाजिक संजालमा स्ट्याटस् युध्द गरेपछि कुरा सतहमा आएको थियो । नायिकाले यति मात्र बोलिनन्, त्यसपछिपनि आफूमाथि भुवनले गरेको दुर्व्यवहारबारे पनि बोलिन् । जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको पनि आरोप लगाइन् । उनले भनेकी छिन्, ’उहाँले गालामा मुख जोडाएर छोरी, अब यस्तो नगर है भन्नुभयो । तैपनि मैले सुनिरहेँ ।’
पछि भुवन र नायिका दुवैले कानुनी बाटो रोजे । दुवैले जिल्ला अदालत काठमाडौंमा अलगअलग मुद्दा दर्ता गराएका छन् । मुद्दा अझै विचाराधीन अवस्थामै छ ।

भुवन करिअरको उतरारर्द्धमा रहँदा एक विवाहित युवतीको प्रेममा थिए । बुटिक सञ्चालन गर्ने ती युवती र भुवन सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन्थे । उनीहरूको प्रेमचर्चाले फिल्मक्षेत्रलाई तताएको थियो । भलै, उनीहरूले आफ्नो प्रेमलाई स्वीकारेका थिएनन् । तर त्यो ओपन सेक्रेट थियो। तीनै युवतीसँग गाडी चढेर नगरकोट डेटिगं हिँडेका भुवनलाई कोटेश्वरमा ती युवतीका श्रीमानले कुरेर हेलमेटले कुटेको खबर खुबै भाइरल भएको थियो । भुवनले त्यसबेला कोटेश्वरमा बाटो छेकेको कुरालाई स्वीकार्छन् । तर, कुटाइ खाएको कुरालाई स्वीकारेनन् ।तर प्रत्यक्षदर्शी र ट्राफिक पुलिसले उक्त हेल्मेट काण्डलाई पुष्टि गरेका थिए।
अभिनेत्री सारंगा श्रेष्ठले कुनै बेला भनेकी थिइन्, ’यदि भुवन केसी फिल्मक्षेत्रमा थिएनन् भने धेरै अभिनेत्रीहरू कुमारी नै हुन्थे ।’ सारंगाको उक्त अभिव्यक्ति फिल्मक्षेत्रमा लामो समय गसिपको विषय बन्यो । मिडियाले पनि भुवनलाई प्रश्न सोध्न थाले, ’के तपाईं स्त्रीलम्पट हो रु’
यो प्रश्न त भुवनलाई अहिलेसम्म पनि सोधिन्छ । जवाफमा उनले आपत्तिजनक किसिमको टिप्पणी गर्ने गरेका छन्, ’हेन्डसम छु, केटीहरू पछि लाग्छन् त मेरो के दोष रु’ तर यतिमात्र होईन एउटा पुरानो चर्चित प्रसगं पनि छ।
नारायण पुरीको निर्देशन रहेको फिल्म ’महादेबी ’को छायांकन को क्रममा एक दृश्यमा भुवनले करिश्मालाई चुम्बन गर्नुपर्ने थियो । पोखरामा भएको सो शुटिगंमा धेरै टेक लिइसक्दा पनि निर्देशकले चित्त बुझाएनन् । भुवनले नियोजित रूपमा नै टेक बिगारेको आरोप लाग्यो । अन्ततः करिश्माले छायांकनस्थलबाटै पति विनादलाई फोन गरेर बोलाएपछि भोलिपल्ट बिनोद मानन्धरले निर्देशकलाई पुरीलाई आवेशमा हातै हालेका थिए ।भुवनले यो टेक बारम्बार लिनलाई निर्देशकलाई प्रभाव पारेर गर्न लगाएको र पहिलो फिल्म निर्देशन गर्दै गरेका नारायणले भुवनको कुरा मानेको पाइयो।

फेरि चर्चा चल्यो अभिनेत्री जिया केसीसँग । भुवन र जिया लिभ–इन टुगेदरमा लामो समय बसेका छन् । लामो समयदेखि उनीहरू एकसाथ बस्दै आएका छन् । तर, उनीहरूले औपचारिक रूपमा आफ्नो सम्बन्ध खुलाएका छैनन् । अभिनेत्री सुस्मिता केसीसँगको वैवाहिक सम्बन्धलाई टुंग्याएका भुवनले अहिले जियाको साथ पाइरहेका छन् ।
सुस्मिता बमजन ९केसी० सँग भुवनले प्रेमविवाह गरेका थिए । तर, सुस्मिता भुवनकी पहिलो श्रीमती भने होइनन् । भुवनले सुस्मितालाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएका थिए ।भुवनकी पहिलो श्रीमती विजया केसी एक छोरा र एक छोरीका साथ अमेरिकामा बस्छिन् । यता सुस्मितातर्फका छोरा अनमोल केसी नेपाली फिल्मक्षेत्रमा छन् ।
यी त भुवनका चर्चित बनेका लफडा हुन् । यीबाहेक सुटिङ सेटमा प्रोडक्सन म्यानेजरलाई हातपात गरेकोदेखि होटलको बिल नतिरेकोसम्म थुप्रै किस्सा भुवनको नाममा छन् । खोजतलास गर्ने हो भने, लफडाको महाभारत नै बन्नसक्छ भुवन केसीको।
नायिका तथा महिलाहरुसंग बारम्बार “मिटु”को अभियोग लागेका केसीले चलचित्र जगतको उच्च स्थानमा के आधारमा दावी गरेका हुन् रु अचम्म छ !
काण्डैकाण्डको सुत्रधार यी नायकलाई चलचित्र विकास बोर्डको अध्यक्षजस्तो गरिमामय पद राख्दा त्यो पदको गरिमा कति घट्ने हो त्यो भने सम्बन्धित पक्षले बेलैमा विचार पुर्याउंदा राम्रो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय